Comments Add Comment

निर्वाचन आयोगमा रेशम चौधरी (तस्वीरहरु)

११ साउन, काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए ।  चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

ट्रेन्डिङ

Advertisment