Comments Add Comment

प्रहरीसामु जब शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको गणना हुन्छ । उनले नेपालबाट पश्मिनाको व्यापार गर्दै व्यवसायिक जीवनको यात्रा सुरु गरेका थिए । त्यसपछि उनी विभिन्न व्यवसायमा जोडिए र मनग्ये आम्दानी पनि गरे । तर, यससँगै उनी विवादमा पनि फस्दै आए ।

पछिल्लो समय भने उनको जीवनमा ठूलो धक्का लागेको छ । पोर्न मुभी बनाएको र बेचेको आरोपमा उनी पक्राउ परेका छन् । उनको यो धन्दाबारे प्रहरीसँग पुग्दो प्रमाण भएको बताइन्छ । यही कारण यसबाट राज कुन्द्रालाई उम्कन सजिलो छैन ।

राज कुन्द्रा काण्डमा उनकी श्रीमती एवं अभिनेत्री शिल्पा शेट्टीलाई पनि जोडेर अनेकन आशंका गरिदैछ । श्रीमानको धन्दामा उनको भूमिका के हुन्थ्यो भनेर सोधीखोजी भइरहेको छ । त्यसो त शिल्पा राज कुन्द्राका केही कम्पनीका व्यवसायिक साझेदार पनि हुन् । शिल्पा शेट्टीको नाममा २३ कम्पनी छन् र उनका श्रीमान ९ कम्पनीको मालिक हुन् ।

गएको सुक्रबार मुम्बई क्राइम ब्रान्चले शिल्पा र राजको जुहूस्थित घरमा छापा मारेको थियो । त्यहाँ प्रहरीले राजलाई पनि साथमा लिएर गएको थियो । यस क्रममा शिल्पा शेट्टी र उनका श्रीमान्बीच निकै चर्काचर्की भयो । प्रहरीले शिल्पालाई पनि लामो समय बयान लिए । अभिनेत्री शिल्पाले आफुलाई हटशट एपको बारेमा केही थाहा नभएको जिकिर गरिन् । यद्यपि प्रहरीले सोधपुछ गरिरहँदा उनी निकै डराएकी थिइन् ।

प्रहरीको अघिल्तिर रोइन् शिल्पा

जब प्रहरीले राजलाई उनको घर लगेर गए, तब शिल्पा र राजबीच लामो समय विवाद भयो । त्यस क्रममा शिल्पा स्वयम्ले आफुलाई सम्हाल्न सकिनन् र चिच्याई–चिच्याई रोइन् । प्रहरीसँगको बयानको क्रममा पनि शिल्पा एकदमै उदास थिइन् ।

प्रहरीसँगको सोधपुछमा शिल्पाले बताइन् कि उनका पति राजले कुनै पोर्नोग्राफिक कन्टेन्ट बनाइरहेका थिएनन् । तर, उनले गरिरहेको तयारी भने पोर्न वा एडल्ट नभई इरोटिक कन्टेन्ट थियो, जुन वेब सिरिजको रुपमा केही ओटिटि प्लेटफर्ममा उपलब्ध छ ।

शिल्पाको बैंक एकाउन्टको जाँच

मुम्बई क्राइम ब्रान्चको टिमले शिल्पाको बैंक एकान्ट पनि जाँच गरेको थियो । किनभने शिल्पा भियान उद्योगका निर्देशक रहिसकेकी छिन् । अघिल्लो बर्ष उनले यस उद्योग दर्ता गरेकी थिइन् । यस उद्योगसँग जोडिएको कारण शिल्पालाई फेरी पनि सोधपुछ गर्न सक्नेछ ।

शिल्पाको भूमिका के थियो ?

जब राज कुन्द्रामाथि अनुसन्धान सुरु भयो, शिल्पा पनि शंकाको घेरामा परिन् । उनीमाथि प्रहरीले निगरानी गरिरहेको छ । राजको धन्दामा उनले कस्तो भूमिका खेलिरहेकी थिइन् ? प्रहरीले अनुसन्धान गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment