+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

यो महिनाको अन्त्यबाट चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १३:२७

नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो ।

सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको छ । सबैको सूची हेरेपछि खोपको संख्या सरकारलाई उपलब्ध गराउने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

चलचित्र विकास बोर्डले विगत केही महिनादेखि चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन सरकारसँग माग गरिरहेको थियो । तर, मन्त्री परिवर्तन हुने क्रम चलेपछि विकास बोर्डलाई समस्या भएको थियो । चीनबाट सरकारले ४० लाख डोज खोप खरिद गरेको र खोप आउने क्रम जारी रहेकाले पनि चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन सरकार राजी भएको वुझिएको छ ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर चलचित्र विकास बोर्डमा खोप लगाउने योजना आफूहरुले बनाएको बोर्ड अध्यक्ष दाहालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?