Comments Add Comment

नेपाल-अमेरिका पत्रकार संघको अध्यक्षमा विकासराज न्यौपाने चयन

१२ साउन, काठमाडौं । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई २४ र २५ मा अमेरिकाको भर्जिनियाको स्यान्टिली शहरमा भएको नेजाको चौथो साधारणसभा तथा सातौं अधिवेशनले नयाँ अध्यक्षमा विकासराज न्यौपानेलाई निर्वाचित गरेको छ ।

यस्तै नेजाको उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा कल्पना घिमिरे चयन भएका छन् ।

साधारणसभाकै अवसर पारेर नेजाले नेपालको ग्रामीण पत्रकारितामा उत्कृष्ट योगदान पुर्‍याएबापत रसुवाकी पत्रकार अनु आचार्यलाई ‘नेजा ग्रामीण पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी २ लाख २२ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment