+
+

भन्सार छलेर ल्याउँदै गरेका ४० राँगा प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १२ गते १५:४४

१२ साउन, सप्तरी । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँदै गरिएका ती राँगालाई आवश्यक कार्वाहीका निम्ति राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?