Comments Add Comment

हिमालयन शेर्पा क्लब छाडेका मानबहादुर सातदोबाटोमा आबद्ध

१२ साउन, काठमाडौं । लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए ।

नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ ।

सातदोबाटो यसै सिजन ए डिभिजनमा बढुवा भएको क्लब हो । मानबहादुरले यसअघि हिमालयन शेर्पाको कप्तानी गरिसकेका छन् । उनले केही दिनअघि नयाँ चुनौतीका लागि भन्दै क्लब छाडेको जनाएका थिए ।

सातदोबाटोमा अनुबन्ध भएपछि मानबहादुरले फुटबलमा नयाँ यात्रा सुरुवात भएको बताएका छन् । उनले आफूले नयाँ केही चाहेको र सातदोबाटोको राम्रो योजनासहित प्रस्ताव गरेको बताए ।

यस्तै अर्का खेलाडी बिक्रम मोफसलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सातदोबाटोले यसअघि नै कतारी क्लब अल बक्राको युवा टिमबाट खेलेका श्यान्सु भुसाललगायत खेलाडीहरु अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment