१२ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले गण्डकीमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4