Comments Add Comment

गोरखामा सम्बन्ध विच्छेदका मुद्दा बढे 

१३ साउन, गोरखा । गोरखा जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७७८ मा कुल ७२८ मध्ये ३५१ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला न्यायाधीश दिनबन्धु बरालले जानकारी दिए ।

यो कुल मुद्दाको ४८.२१ प्रतिशत रहेको उनले बताए । तीमध्ये २५२ मुद्दा फर्छ्यौट भएको छ । अधिकांश मुद्दामा मेलमिलाप गरेर पठाइएको उनले जानकारी दिए । उनका अनुसार सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौटको प्रगति ७१.७९ प्रतिशत रहेको छ ।

सम्बन्ध विच्छेद गर्नेमा २४ देखि ४० उमेर समूहका रहेका छन् । वैदेशिक रोजगारमा जानेहरुको बढी सम्बन्ध विच्छेद हुने गरेको अदालतको ठम्याइ छ । सम्बन्ध विच्छेदपछि जवरजस्ती करणीका मुद्दा धेरै रहेको अदालतले जनाएको छ ।

अदालतको प्रगति ५८ प्रतिशत

गत आर्थिक वर्ष जिल्ला अदालतको मुद्दा फर्छ्यौट प्रगति ५८.०२ प्रतिशत रहेको छ । कुल ७२८ मध्ये ४२३ मुद्दा फर्छ्यौट गरिएको बुधबार आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायाधीश बरालले जानकारी दिए । दुनियाँवादी देवानीतर्फ २९८, सरकारवादी फौजदारीका ११० र दुनियाँवादी फौजदारीका १४ मुद्दा गत आवमा फर्छ्यौट भएका छन् । पुनरावेदन तर्फको एउटा मुद्दा पनि फर्छ्यौट गरिएको बरालले बताए ।

अब ३०५ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । जिम्मेवारी सरेर आएका ९२ र गत आवमा दर्ता भएका २१२ मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

यसैगरी गत आवमा कैद जरिवाना स्वरुप अदालतले २ करोड २० लाख ४८ हजार राजश्व संकलन गरेको छ । १४ करोड ८७ लाख २९ हजार जरिवाना उठ्न बाँकी रहेको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment