Comments Add Comment

यस्तो छ ‘धुर्मुस–सुन्तली’को ‘म त मर्छु कि क्या हो’को ट्रेलर

धुर्मुस–सुन्तली प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । सुविहानी फिल्मस्को प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ ।

सिताराम र कुञ्जनाको कथा रहेको यो चलचित्रमा पटकथा तथा संवाद पनि उनीहरुकै छ । धुर्मुस–सुन्तलीकै निर्देशनमा तयार भएको यो चलचित्रमा सुदिप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।

यो चलचित्रमा सिताराम र कुञ्जना ‘धुर्मुस र सुन्तली’को भूमिकामा देखिएका छन् । दर्शकले उनीहरुलाई यो गेटअपमा लामो समयदेखि हेर्न चाहेका थिए ।

चितवनका अधिकांश लोकेशनमा छायांकन गरिएको यो चलचित्रले कमेडी, प्रेम र सामाजिक कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment