Comments Add Comment

दाँत खिइने रोग र यसको उपचार

कतियको समस्या हुन्छ, दाँतबाट रगन बग्ने । सास गन्हाउने । पाइरियाको कारण पनि यस्तो हुन्छ । दाँतको उचित रेखदेख नगरेमा पाइरियाको संभावना रहन्छ ।

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।

गीतहरुमा भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ती ।’ दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । त्यसैले दाँतको हेरचाह यसकारण गर्नुपर्छ कि, त्यसले स्वास्थ्यसँगै सौन्दर्यमा खास भूमिका खोल्न सकोस् ।

सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ ।

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ  ।  यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।

त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबा टप्रभावित हुने गर्छ ।

त्यस्तै,  पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुन गर्छ ।

सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।

पायरिया भएमा सासबाट दुर्गन्ध आउन थाल्छ । गिजा सुन्निन थाल्छ । दात कजोर भई हल्लिन थाल्छ । बढी तातो तथा चिसो पेय पदार्थको सेवनले दात सिरिङ्ग हुन थाल्छ । छुँदा समेत गिजा सुनिन थाल्छ । साथै दुई दाँतको बीच ग्याप रहन थाल्छ ।

खाना पछि दैनिक दुई पटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाई गर्नु पर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौ । राती सुत्नु अगावै दातको राम्ररी सफाई गर्नु पर्छ । हरेक पटक खाना खाएपछि राम्ररी मुख कुला गर्नुपर्छ ।

अन्यथा समयमै उपचार नगरेको खण्डमा पायरिका कारण दाँत तथा गिजामा संक्रमण भई दाँत झर्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment