Comments Add Comment

शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी छिन् ।

राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि सेक्सूअल ह्यारेसमेन्टको आरोप समेत लगाएकी छिन् ।

राज कुन्द्रालाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । साथै, उनले जमानतका लागि गरेको आग्रहलाई समेत अदालतले खारेज गरेको छ ।

शर्लिनले आफ्नो बयानमा क्रममा सन् २०१९ मार्च २७ मा भएको विजनेश मिटिङका क्रममा भएको बहसलाई लिएर विना जानकारी राज उनको घरमा पुगेका थिए । शर्लिनले राजले आफूलाई जर्बजस्ती चुम्बन गर्न खोजेको समेत आरोप लगाएकी छिन् ।

आफूले राज एक विवाहित पुरुष भएकाले पनि सम्बन्ध राख्न नसक्ने जवाफ दिएको शर्लिनले बयानको क्रममा बताएकी छिन् । राजले आफूलाई शिल्पासँग सम्बन्ध समधुर नभएको र घरमा रहँदा धेरै समय तनावमा रहने गरेको जानकारी गराएको पनि शर्लिनले बयानका क्रममा बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment