+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

शिक्षकको रिले अनशन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १२:२२

१५ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहान ८ बजेदेखि  शिक्षकहर एक दिने रिले अनशन शुरु गरेका हुन् ।

महासंघ आवद्ध शिक्षकहरु देशभरिका ८३८  निकाय र काठमाडौँको माइतीघरमा अनशन बसेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले भने, ‘सरकारले हामीसँग गरेको ३४ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ । सहमति गरेर पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको छ ।’

शिक्षकहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनशनमा बसेका छन् भने केन्द्रीय पदाधिकारीहरु माइतीघरमा बसेका छन् । करीब तीन हजार शिक्षक रिले अनशनमा सहभागी भएको महासंघले जनाएको छ ।

यसैगरी महासंघले साउन २२ गते शुक्रबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय रहेको जनाएको छ । महासंघले बालुवाटारमा एक हजार शिक्षकको सहभागिता रहने दाबी गरेको छ ।

महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनका कारण कतिपय स्थानमा ११ कक्षाको परीक्षासमेत स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?