+
+
Shares

अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १४:२०

२३ असोज, काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ ।

उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी तीन बुँदे सहमति भएको हो । उनी ५ दिनदेखि अनसनरत थिए ।

सरकारका तर्फबाट शिक्षा तथा खेलकुल मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो ।

सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ ।

हरिजन गत साउनमा पनि अनसन बसेका थिए ।  सरकारले माग सम्बोधन गर्ने भन्दै साउन २२ गते उनीसँग सम्झौता गरेको थियो ।

आफूसँग भएको सम्झौता सरकारले कार्यावन्यन नगरेको भन्दै हरिजनले पुन:अनसन सुरु गरेका थिए । उनी भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट अनसन सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि वीर अस्पताल पुर्‍याइएको थियो ।

सहमतिपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?