Comments Add Comment

कोरोना खोप नलगाउने मात्र छिर्न पाउने रेष्टुरेन्ट !

सरकारलाई भन्यो : भिड्ने भए, मैदानमा आऊ

१५ साउन, काठमाडौं । दुनियामा यात्रा गर्न देखि अन्य धेरै सार्वजनिक सेवा लिनका लागि समेत कोरोना भाइरस विरुद्धको खोप लगाएकै हुनुपर्ने नियम झण्डै लागू भैसकेको छ । अर्थात् खोप नलगाएकाहरु हवाई जहाज चढ्ने देखि अन्य आधारभूत सार्वजनिक सेवाहरु पाउनबाट पनि बञ्चित हुने अवस्था आउँदा भ्याक्सिन अहिलेको सबैभन्दा ठूलो आवश्यकता बनिसकेको छ । तर अमेरिकामा रहेको एउटा रेष्टुरेन्टले चाहीँ उल्टै कोरोना खोप लगाएकाहरुलाई सेवा नदिने घोषणा गरेको छ ।

गत वर्ष मे महिनामा मास्क विरोधी अभियान चलाएको उक्त रेष्टुरेन्टले अहिले चाहीँ कोरोना भ्याक्सिन विरोधी अभियान चलाएको छ र भ्याक्सिन नलगाएका हरुलाई मात्र रेष्टुरेन्टमा छिर्न दिने नियम बनाएको छ ।

क्यालिफोर्नियाको हन्टिंगटन तटमा रहेको ब्यासिलिको पास्टा इ भिनो रेष्टुरेन्टमा छिरेर तपाइँ केही खान चाहनुहुन्छ भने तपाइँले आफुले खोप नलगाएको प्रमाण पेश गर्नैपर्ने हुन्छ ।

यो इटालियन रेष्टुरेन्टले ग्राहकहरुका लागि तय गरेको उक्त नयाँ नियमको बोर्ड रेष्टुरेन्टको बाहिरै टाँसेको छ । उक्त सूचनामा भनिएको छ – सूचनाः खोप नलगाएको प्रमाण आवश्यक छ । देशद्रोही तथा अमेरिका विरोधी मूर्खताप्रति हाम्रो शून्य सहनशीलता छ । विचार गर्नुभएकोमा धन्यवाद ।

रेष्टुरेन्टको यस्तो नियमको विषय अहिले सोसल मिडियामा भाइरल बनेको छ र अमेरिकामा त्यसको तिव्र आलोचना पनि भैरहेको छ ।

यो रेष्टुरेन्टले गत मार्च महिनामा रेष्टुरेन्टमा छिरेपछि मास्क नगाउनै नपाइने नियम तोकेको थियो । जसको तिव्र आलोचना भएको थियो ।

कोरोना खोप नलगाएका मानिसहरु मात्र छिर्न पाउने भनी उक्त रेष्टुरेन्टले तय गरेको नियप्रति पछिल्लो समय क्यालिफोर्नियास्थित मदिरा तथा पेय पदार्थ नियन्त्रण विभागको ध्यानाकर्षण भएको छ । विभागले उक्त रेष्टुरेन्टलाई अव्यवस्थित क्षेत्र भन्दै त्यस्तो नियम कायम राखेमा रेष्टुरेन्टको मदिरा बिक्रि गर्ने लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

तर रेष्टुरेन्टले भने आफ्नो भ्याक्सिन विरोधी नीति परिवर्तन गर्न अस्विकार गरेको छ । मंगलबार एक फेसबुक पोस्टमा रेष्टुरेन्टले भनेको छ ः हामी अमेरिकी स्वतन्त्रता र मुक्तिको रक्षाका लागि लड्न पाउँदा आफुलाई भाग्यमानी नै ठान्छौँ । त्यसैले मैदानमा आउ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment