Comments Add Comment

युवक बेपत्ता घटनाबारे भारतसँग जानकारी मागेका छौं : दार्चुला प्रशासन

फाइल तस्वीर

१६ साउन, धनगढी । जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा युवक महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन् ।

यो घटना छानबिनकै क्रममा रहेको भन्दै सहायक प्रजिअ भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेकी छन् ।

शुक्रबार तुइन तर्नेक्रममा एसएसबीले तुइनको डोरी फुकाइदिँदा व्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

घटनाको सत्य तथ्य बुझ्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुुसुन्धान जिल्ला कार्यालयबाट टोली समेत खटाइएको प्रशासन कार्यालयले उल्लेख गरेको छ । उक्त टोलीबाट हालसम्म कुनै जानकारी प्राप्त नभएको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस ‘हेर्दाहेर्दै मामा महाकालीको भेलमा खस्नुभयो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment