+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

वाईसीएलले भन्यो : दार्चुला घटनाबारे भारतीय दूतावासलाई स्पष्टीकरण माग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १६ गते १८:५४
वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिगले दार्चुलामा महाकाली नदीको तुइनबाट युवक खसेर बेपत्ता भएको विषयमा भारतसँग जवाफ माग्न सरकारलाई आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति निकालेर वाईसीएलले काठमाडौंस्थित भारतीय दूतावाससँग स्पष्टीकरण लिएर घटनाबारे सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको फलामे तार काटिदिएका कारण दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको समाचार आएको थियो ।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पालीले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनालाई अमानवीय र भारतीय पक्षको ज्यादती भएको बताएका छन् । नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं आर्थिक–सामाजिक क्षेत्रमा बहुआयामिक सम्बन्ध रहिआएको तर भारतले असल छिमेकीको भूमिका नखेलेको वाईसीएलले बताएको छ ।

नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानमाथि भारतीय सत्तापक्ष र सुरक्षा फौजले पटकपटक ज्यादती गरेको भन्दै वाईसीएलले छिमेकी मुलूकसँग भारतको सम्बन्ध दिन प्रतिदिन खस्किँदो क्रममा रहेको पनि उल्लेख गरेको छ ।

‘शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका तर्फबाट भारतीय राजदूतावासलाई घटनाको स्पष्टीकरण लिन समेत माग गर्दर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?