Comments Add Comment

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी

१६ साउन, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताले गर्ने अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पु¥याउने उद्देश्यले समझदारी भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।

समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत भूमिका निर्वाह गर्नेछ ।

विश्वविद्यालयले पनि आफूले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरु समूहलाई उपलब्ध गराउनेछ । ती सामग्रीहरु सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउने छ ।

अन्य स्रोतहरुको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ । यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरुमा दुई संस्थाले संयुक्त रुपमा राष्ट्रिय बहसका कार्यक्रम पनि गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा नेपाल वातावरण पत्रकार समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताए ।

नेपाल वातावरण पत्रकार समूह ३५ बर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरुको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ बर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था हो ।

समझदारी पत्रमा हस्ताक्षर गरेका प्रा. डा. सुबोध शर्माले काठमाडौ विश्वविद्यालयलाई अनुसन्धानमा अग्रणी शैक्षिक संस्थाको रुपमा चिनाउन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘हामीले लिएको शिक्षा र डिग्रीहरुले समाजलाई के दियो ?’, शर्माले भने, ‘यही प्रश्नको जवाफ यो समझदारीले दिनेछ ।’

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस बिश्वकर्माले अध्ययन÷अनुसन्धानलाई आम नागरिकले बुझ्ने गरी जनतामाझ पुर्याउन आफूहरु तयार रहेको बताए । समूहले आफ्नो श्रव्यदृश्य कार्यक्रम आँखीझ्याल, रेडियो सगरमाथा, अनलाइन तथा छापामाध्यममार्फत् विश्वविद्यालयका गतिविधिलाई सार्वजनिक गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment