+
+

एथलेटिक्स परिवारद्वारा वार्षिक कार्यक्रम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १७:४६

१ भदौ, काठमाडौं । एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।

एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६/यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ अन्तरदेशीय दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला अन्तरदेशीय दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

खुला क्रसकन्ट्री प्रतियोगिताको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने परिवारले जनाएको छ ।

सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीहरुको नामावली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रञ्जित, सचिवमा मञ्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सीताराम महतो, सुन्दरकेशर कार्की, बाबुलाल महर्जन र आशराम गोठे रहेका छन् ।

सल्लाहकारमा मोहन नेपाल, सुशीलनरसिंह राणा, सुनील राजवंशी र सञ्जीव तुलाधरलाई चयन गरिएको छ । अध्यक्ष खत्रीले एथलेटिक्स परिवार, नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?