+
+

पारालम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १७:४७

१ भदौ, काठमाडौं । जापानमा हुने टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रालिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ ।

नेपालमा केल्मीको आधिकारिक बिक्रेता कामरुले पूर्वसम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो ।

पारालम्पिकमा सहभागी हुने १ खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामग्री हस्तान्तरण गरे ।

अगष्ट २४ तारिखदेखि शुरु हुने पारालम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

पारालम्पिकमा सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदैछन् । टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रबन्ध निर्देशक न्यौपानेले केल्मीले विभिन्न खेलमा प्रायोजन गर्दै आएको जानकारी गराउँदै पारालम्पिकमा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?