+
+

मनोज पण्डित निर्देशित चलचित्र ‘एक’को डिजिटल पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १८:०८

नेपाली सिनेमाको भविष्य के होला ? सर्वत्र चासो छ । सिनेमा हल बन्द छन्, डिजिटल र ओभरसिज मार्केटको पनि भर छैन । यस्तो अवस्थामा सिनेमाको लगानी कसरी सुरक्षित गर्ने ? वहसको विषय बनेको छ ।

यद्यपि भित्र–भित्रै सिनेमा निर्माणको काम भने भइरहेका छन् । जस्तो कि, दिग्गज निर्देशक मनोज पण्डितले हालै मात्र आफ्नो नयाँ चलचित्रको ‘फस्ट लुक’ सार्वजनिक गरेका छन् । चलचित्र हो, एक ।

यसमा उनले केही नयाँ प्रयोग गरेका छन् । यो डिजिटल मोशन पोस्टर हो । करिब एक मिनेट लामो डिजिटल पोस्टरमा मारपिट, आक्रोस, बदलाको भाव देखिन्छ ।

निर्देशक पढ्ण्डितका अनुसार चलचित्र ‘स्पाई थ्रिलर जनरा’मा बनेको छ । चलचित्र डिजिटल प्लेटफर्ममा सार्वजनिक हुनेछ । ‘विश्वका धेरै सिनेमा उद्योग पनि डिजिटल प्रमोशनमा गइसकेका छन् । अब हामीसँग पनि यसको विकल्प छैन’ पण्डित भन्छन्, ‘मैले यही विकल्प रोजें । कसै न कसैले यसको सुरुवात गर्नु नै थियो ।’

यसपाली पनि उनले राजनीतिक विषयलाई नै केन्द्रमा राखेर कथाको बुनेका छन् । निर्देशक पण्डित भन्छन्, ‘राजनीतिक परिचक्रभित्र घुमेको यो द्वन्द्व प्रधान सिनेमा हो ।’ खासगरी राजनीतिमा हुने विभिन्न षड्यन्त्र र वाह्य हस्तक्षेपको विषयबस्तुमाथि कथा केन्द्रित छ ।

यसमा द्वन्द्व निर्देशन प्रमोद खड्काले गरेका उनले बताए । चलचित्रको केन्द्रिय भूमिकामा विशाल पोखरेल छन् । उनले यो सिनेमामा एक गुप्तचरको भूमिाका निभाएको बताइन्छ । ‘राजनीतिमार्फत देश विरुद्ध लाग्नेहरु विरुद्ध उनले गरेको संघर्षको कथा हो’ पण्डित भन्छन्, ‘मधेस मुद्दामा केन्द्रित छ ।’ चलचित्रको छायांकन भने मधेशका फाँटदेखि डोल्पाको हिमाली भेगसम्म गरिएको बताइन्छ ।

यसैगरी चलचित्रमा प्रमोद अग्रहरीले पनि अभिनय गरेका छन् । बाल कलाकारको भूमिकामा विश्वन्त पोखरेल छन् ।

चलचित्र स्क्रिप्ट फयक्ट्रीको ब्यानरमा निर्माण भएको हो । यसलाई आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेका छन् ।

पण्डितको यो चलचित्र असोज २१ अर्थात दशैंको पूर्वसन्ध्यामा सार्वजनिक हुने तय भएको छ । घटस्थापनाको दिन चलचित्र सार्वजनिक हुने उल्लेख गरिएको छ ।

राजनीतिक एवं सामाजिक मुद्धालाई पेचिलो ढंगले उठाउने निर्देशक पण्डितले यसअघि ग्रेटर नेपाल, दासढुंगा, वधशाला जस्ता चलचित्र बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?