+
+

अमेरिकामा कोरोनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १४:१९

२ भदौ, काठमाडौं । अमेरिकामा कोरोना मंगलबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण एक हजारभन्दा धेरैको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको खोप अभियान सुस्त गतिमा चलेको क्षेत्रमा डेल्टा भेरियन्टसहितको संक्रमण फैलिइरहेको छ ।

अमेरिकामा पछिल्लो एक महिनायता निरन्तर कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । यो अवधिमा औसतमा दैनिक ७६९ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको यो औसत अप्रिलको मध्ययताकै सबैभन्दा धेरै हो ।

मंगलबार अमेरिकाले विमान, रेल र बसमा मास्क अनिवार्य गर्ने नियमलाई थप लम्ब्याएको छ । अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बन्न पुगेको छ ।

रोयटर्सका अनुसार मंगलबार एक हजार १७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख २३ हजार नाघेको छ । अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुक हो ।

यसअघि गत मार्च महिनामा पनि अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजारभन्दा धेरै थियो । पछिल्लो दुई सातामा अमेरिकामा कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनेको संख्या पनि उल्लेख्यरुपमा बढेको छ ।

पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?