+
+

प्रदेश २ का प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १८:०३

२ भदौ, जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार पदभार ग्रहण गरेका छन् । मधेश भवनको प्राङ्गणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आएर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मिश्रले प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए । मंगलबार शपथ ग्रहण गरेका प्रदेश प्रमुख मिश्र बुधबार जनकपुरधाम आएका हुन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवसहित ठूलो संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ता प्रदेश प्रमुखको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

सरकारले यसअघिका प्रदेश प्रमुख राजेश झालाई हटाएर मिश्रलाई नियुक्त गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?