+
+

जंगबहादुर बने राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १२:५०

१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवको जिम्मेवारी जंगबहादुर अर्यालले पाएका छन् । अघिल्ला सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि सो जिम्मेवारी जंगबहादुर अर्यालले पाएका हुन् ।

अर्याल यसअघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए ।

नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वा राष्ट्रिय परीक्षा बोर्डको वरिष्ठ कर्मचारीहरु मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी सदस्य सचिव बन्ने व्यवस्था छ ।

पदभार ग्रहण गर्दै अर्यालले परीक्षा बोर्डलाई समयानुकुल चुस्त बनाउनेदेखि  तोकिएको जिम्मेवारी पूरा गर्ने बताए ।

विद्यालय शिक्षाको परीक्षा सञ्चालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित हुन्छ ।

सदस्य सचिवको काम, कर्तव्य र अधिकारभित्र बोर्डमा पेश हुने प्रस्ताव तयार गर्ने, बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने, वार्षिक आय, व्यय र कार्यक्रम तयार गर्ने, बोर्डको कोष परिचालन, सम्पत्तिको व्यवस्था, संरक्षण र सञ्चालन गर्ने, बोर्डको वार्षिक आर्थिक विवरण तयार गर्ने र लेखापरीक्षण गराउने लगायत पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?