+
+

तस्करी हुँदै गरेको १६ टन केराउ बर्दियाबाट बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १४:०८
फाइल तस्वीर

३ भदौ, बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार  मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्‍वर कार्कीले बताए । तस्करहरुले सो केराउ ८ वटा साइकलमा राखेर भारततर्फ लगिरहेका थिए ।

साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि संलग्न व्यक्तिहरु साईकल छोडी भागी फरार भएका छन् ।

नियन्त्रणमा लिइएको बरामद केराउसहित गरी आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?