+
+

यूरोपियन यूनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगीता आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १५:३६

नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा युरोपियन युनियनले दसौँ संस्करणकोे प्रतियोगिता आयोजना गर्न लागेको हो ।

असोजको १ देखि ९ गतेसम्म नेपाल भर्चुअल रुपमा यो फेस्टिभलको आयोजना हुने बताइएको छ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका चलचित्रहरु प्रतियोगीको रुपमा सहभागी हुन पाउने युनियनले जानकारी दिएको छ । लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका चलचित्रलाई प्रतियोगितामा प्राथमिकता दिइने छ । लैङ्गिक समानताका विषयलाई छुने अन्य विविध बिषयमा निर्माण भएको चलचित्रलाई पनि प्रतियोगीतामा सहभागी गराइनेछ ।

प्रतियोगितामा सहभागी हुने चलचित्रकर्मी नेपाली नागरिक हुनुपर्नेछ । साथै, चलचित्रको लम्बाई ४० मिनेट वा सो भन्दा कम हुनेपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहने चलचित्रकर्मीले सन् २०१८ पछि निर्माण गरेका चलचित्र मात्र सहभागी गराउन पाउनेछन् । नेपालमा बोलिने जुनसुकै भाषामा बनेका चलचित्र पनि यो महोत्सवमा सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन चाहने चलचित्रकर्मीले आफ्नो चलचित्रलाई एमपी ४ फम्यार्टमा [email protected] भदौ १५ गतेसम्म पठाइसक्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने चलचित्रले ५ सय यूरो पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?