+
+

बालबालिकाका लागि ‘मेरो कथा मेरो चलचित्र’ कार्यशाला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २३:२५

काठमाडौं । चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका-८ सातमारा, अर्घाखाँचीमा ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ नामक सिर्जनात्मक कार्यशाला सम्पन्न गरेको छ ।

रुकुम, रोल्पा, बाँके, बर्दिया, प्यूठान, कपिलवस्तु र अर्घाखाँचीका १६ बालबालिका सहभागी कार्यशालामा फिल्मको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिकाइएको चलचित्र विकास बोर्डले जनाएको छ ।

सिर्जनात्मक लेखन, कथा वाचन, पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय , बाल अधिकार, मिडिया साक्षरता, नेतृत्वकलाबारे प्रशिक्षण दिइएको जनाइएको छ । प्रशिक्षकमा निर्देशक एवं नाट्यकर्मी नवराज बुढाथोकी, छायाँकार तीलक गौतम र साहित्य तथा संचारकर्मी छबिलाल कोपिला थिए ।

कार्यशालामा प्रशिक्षार्थीले नमुना फिल्मको निर्माण तथा प्रदर्शन गरेका थिए । बालबालिकाका लागि पहिलोपटक आयोजना गरिएको यो कार्यशाला उपलब्धीमूलक रहेको कार्यशाला संयोजक केएल बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?