+

दीपेश घले एनआरटीमा अनुबन्धित

२०७८ भदौ  ३ गते २०:१२ २०७८ भदौ ३ गते २०:१२
दीपेश घले एनआरटीमा अनुबन्धित

३ भदौ, काठमाडौं । न्यूरोड टिम एनआरटीले नयाँ सिजनका लागि फुटबलर दीपेश घलेलाई अनुबन्ध गरेको छ ।

आगामी कात्तिक २९ गतेदेखि हुने शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै एनआरटीले मिडफिल्डर दीपेशलाई क्लबमा भित्र्याएको हो ।

बिहीबार दीपेशसँग नयाँ अनुबन्ध सम्झौता गरेको एनआरटीले सम्झौता रकम भने खुलाएको छैन ।

२२ वर्षीय दीपेशले अघिल्लो वर्ष ए डिभिजन लिग थ्री स्टार क्लबबाट खेलेका थिए । दीपेशले थ्री स्टारबाट मोफसलका विभिन्न गोल्डकप र ललित मेमोरियल यू-१८ च्याम्पियनसिप समेत खेलेका थिए ।

एनआरटीले लिगका लागि दुई क्यामरुनी खेलाडी स्टेफेन समिर र मेसुके ओलोमोउलाई अनुबन्ध गरिसकेको छ । त्यसपछि रञ्जन विष्टलाई पनि अनुबन्ध गरिसकेको छ ।

अघिल्लो लिग एनआरटीबाटै खेलेका एरिक विष्टसँग पनि नयाँ सिजनको लागि अनुबन्ध भइसकेको क्लबले जनाइसकेको छ । एनआरटीले मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई नै निरन्तरता दिएको छ ।

एनआरटी फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय