+
+

तिलोत्तमाका किसानलाई कृषि उपकरण सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १०:३५

४ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको छ ।

व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजनाले धान काट्ने मेसिन, आलु लगाउने मेसिन, च्याउ बनाउने मेसिनहरु सहयोग गरेको हो ।

किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरणहरु सहयोग गरिएको परियोजनाले जनाएको छ ।

परियोजनाले वडा नं. ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं. १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं. १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।

लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बल मेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमरा बजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामाग्री हस्तान्तरण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कृषिको आधुनिकीकरणको लागि यान्त्रिकीकरण अपरिहार्य रहेकोले परियोजना अन्तर्गत् किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले उपलब्ध गराइएका कृषि उपकरणको सदुपयोग गरेर उत्पादन क्षमता बढाइनुपर्ने बताइन् ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न तिलोत्तमा नगरपालिकामा गत वर्षदेखि व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो ।

परियोजनाअन्तर्गत् गत वर्ष झण्डै ६५ बिगाहामा बीज वृद्धिको लागि आलु खेती गरिएको थियो ।

उत्पादित आलु यो वर्ष बीउको रुपमा प्रयोग गर्नेगरी शीतभण्डारमा राखिएको छ । परियोजनामार्फत् तिलोत्तमा नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाइने उपप्रमुख चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?