+
+

कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १४:०७
फाइल तस्वीर

४ भदौ, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा  प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।

झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो ।

नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रहरीलाई ताला लगाएर कोठाभित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको चतुर्वेदीले बताए ।  आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढाले नगरपालिकाको सभाहल र केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?