+
+

एनआरएनए चुनाव : मध्यपूर्व युवा उप–संयोजकमा खत्रीको उम्मेद्वारी घाेषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १५:०२

५ भदौ, काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मध्यपूर्व युवा सहसंयोजकमा निराजन खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी अक्टोबरमा हुने एनआरएनएको १०औं महाधिवेशनका लागि मध्यपूर्व तर्फबाट क्षेत्रीय सह–संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

युवाहरुको नेतृत्व युवाहरुले नै लिनुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको खत्रीले बताए । करिब आधा दशकदेखि आफू एनआरएन अभियानमा रहेको भन्दै उनले युवाहरुको क्षेत्रीय सहसंयोजकका लागि आफू योग्य उम्मेदवार भएको बताए ।

खत्री हाल एनआरएनए युएईको क्षेत्रीय समन्वय परिषद्को उपाध्यक्ष हुन् ।

‘भूकम्प, बाढिपहिरोको समस्यादेखि कोरोनाको विषम परिस्थितिमा पनि मैले आफूले सक्ने सेवाहरुमा सक्रिय रहेँ, मलाई विस्वास छ हाम्रोलाई होइन सबैले राम्रोलाई रोज्नु हुनेछ’ उनले भने, ‘यसकारण पनि मध्यपूर्वको होइन विश्वभरमा रहेका गैरआवासी नेपालीहरुको साथ पाउनेछु भन्नेमा ढुक्क छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?