+

साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन

२०७८ भदौ  ५ गते १७:२८ २०७८ भदौ ५ गते १७:२८
साफ च्याम्पियनसिपको खेलतालिका परिमार्जन

५ भदौ, काठमाडौं । आगामी अक्टोबरमा माल्दिभ्समा हुने १३  औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिकामा हेरफेर भएको छ । यसअघि अक्टोबर १ देखि १३ सम्म हुने भनिएको साफ अब अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

परिवर्तिन खेलतालिका अनुसार अक्टोबर १ अर्थात असोज १५ गते उद्घाटन खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससंग नै खेल्नेछ ।

नेपाल पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिको दाबेदार रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससंग ३-० ले पराजित भएको थियो ।

पछिल्लो साफपछि नेपाल र माल्दिभ्स साफमै फेरि भिड्न लागेका हुन् ।

नेपालले खेल्ने अन्य खेलको मिति भने हेरफेर भएको छ । अब नेपालले दोस्रो खेल अक्टोबर ४ अर्थात असोज १८ गते श्रीलंकासंग खेल्नेछ ।

यस्तै तेस्रो खेल भारतसंग अक्टोबर १० अर्थात असोज २४ गते खेल्नेछ भने चौथो खेल अक्टोबर १३ अर्थात असोज २७ गते बंगलादेशसंग खेल्नेछ ।

भुटान र पाकिस्तान सहभागी नभएकोले यस पटक साफमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ ।

लिगपछि शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । फाइनल अक्टोबर १६ अर्थात असोज ३० गते हुनेछ ।

नेपालले साफअघि दशरथ रंगशालमा भारतसंग सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा मैत्रीपूर्ण खेल खेल्दैछ ।

साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय