+
+

नेकपा एकीकृत समाजवादी कपिलवस्तुको संयोजकमा हमाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते ७:५५

६ भदौ,बुटवल । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको कपिलवस्तु संयोजकमा लंकाबहादुर हमाल चयन भएका छन् ।

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाले हमालको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति घोषणा गरेको हो ।

शिवराज नगरपालिका चन्द्रौटा निवासी हमाल यसअघि नेकपा एमालेको जिल्ला नेता थिए । भेलाले जिल्लामा रहेका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय इन्चार्ज पनि तोकेको छ ।

क्षेत्र नं. १ मा नेत्रलाल खनाल, २ मा दिनेश श्रेष्ठ र ३ मा ओमप्रकाश कुर्मीलाई क्षेत्रिय इन्चार्ज तोकेको नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।

पार्टीले औपचारिक रुपमा वैधानिकता पाएपछि जिल्ला अधिवेशनमार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी र दक्षिणपन्थी विचलनका कारण तत्कालीन नेकपा र एमाले विभाजित हुन पुगेको भन्दै हमालले माधव नेपालको नेतृत्वमा वृहत समाजवादी केन्द्र निर्माणको दिशामा अघि बढ्ने लक्ष्यसहित नेकपा एकीकृत समाजावादी पार्टीमा आवद्ध भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?