+
+

कम्युनिष्ट केन्द्र बनाउन एकता वार्ता थाल्ने माओवादीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १८:०२

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ ।

माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?