
७ भदौ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । उनले सोमबार अध्यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट गरेका हुन् ।
प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्य विषयमा पनि खुलेर छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।
In my 1st meeting with the chief of Communist Party of Nepal(Maoist Centre) and ex-PM of Nepal Shri @cmprachanda ji,we had candid and open discussion on several issues.We both have agreed to have continued dialog to strengthen India-Nepal relations. Also met Smt Ganga Dahal ji. pic.twitter.com/0PT1Gcd4gu
— Dr Vijay Chauthaiwale (@vijai63) August 23, 2021
आइतबार काठमाडौं आइपुगेका उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गरेका थिए। आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका थिए ।
केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4