+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माधव समूह भन्छ : बालकोटको सहमति हाम्रा लागि होइन, एमालेमै बस्न चाहनेलाई फेससेभिङ मात्र हो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १९:०९

७ भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले अब नेकपा एमालेमै फर्किने सम्भावना नरहेको बताएका छन् ।

लामो समय नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाललगायतले सोमबार भएको छलफलमा अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

भोलि मंगलबार विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २ जेठ २०७५ मा फर्काउने कार्यतालिका बनाउने छ ।

भेटमा सहभागी नेताहरुका अनुसार स्थायी कमिटी बैठकले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्न र एकतामा आउन नेताहरुलाई आह्वान गर्ने सहमति पनि गरेको छ ।

तर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुले भने यसको अर्थ नभएको बताएका छन् । नेपाल समूहका नेता राजेन्द्र राई भन्छन्, ‘त्यो (बालकोट) वार्तामा हाम्रा प्रतिनिधि छैनन् । हाम्रो प्रतिनिधि नभएपछि वार्ता के मतलब ?’

यो माधव नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टीमा नआएका नेताहरुको फेससेभिङका लागि मात्र भएको उनी बताउँछन् । ‘केही साथीहरु जसरी पनि जान चाहनुहुन्थ्यो, केहीलाई फेससेभिङ चाहिएको थियो, सहमति त्योभन्दा केही होइन ।’

उनका अनुसार २ जेठमा फर्किनुपर्ने आफूहरुको सुरुवाती माग हो । तर अहिले वैचारिक मतभिन्नता धेरै भएको भन्दै केन्द्रीय सदस्य राई भन्छन्, ‘पार्टी एकताका लागि वातावरण चाहिन्छ, मिलेर काम गर्ने विश्वास हुनुपर्छ । संगठनिक विषय र राजनीतिक वैचारिक मुद्दा मिल्नुपर्छ । तर अहिले यो कुनै पनि अवस्था छैन ।’

ओलीले आफ्नो कमजोरी स्वीकार गर्नेभन्दा पनि टालटुल पारेर पार्टीमा हुल्ने र मौका पाएको बेला किनारा लगाउने दाउ मात्र भएको खेलेको नेता राईको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?