+
+

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १९:५८
फाइल तस्वीर

७ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ ।

निकुञ्जको कोर क्षेत्र नवलपरासीको कोलकोत्ता टापु नजिक घोलमा भासिएर अन्दाजी ८ देखि १० वर्ष उमेरको भाले गैंडा सोमबार मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ । चालु आर्थिक वर्ष लागे यता निकुञ्जमा योसहित ७ गैंडा मृत भेटिएका छन् । एक गैंडा तस्करहरुले गोली हानेर मारेको निकुञ्जको अनुमान छ । बाँकी ६ गैंडा भने प्राकृतिक कारणबाट मरेको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?