+
+

घुमुवा प्रहरी भन्दै निकुञ्जका गैंडा मारी तस्करी गरेको अभियोगमा पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २०:२२

७, भदौ, चितवन । गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गैंडा तस्करी गर्ने गिरोहको नाइके भनिएका रणबहादुर कुमाल, मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका–२ का वीरबहादुर बस्नेत, चितवनको खैरहनी नगरपालिका–६ रिजालटोलका आरोष उप्रेतीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

पक्राउ परेकामध्ये वीरबहादुर घुमुवा प्रहरी र मेघबहादुर प्रहरीलाई सुराकी दिने व्यक्तिसमेत रहेको अनुसन्धानबाट खुल्न आएको निकुञ्जको भनाइ छ । उनीहरुको प्रहरीका उच्च अधिकारीहरुसँग पारिवारिक सम्बन्धसमेत रहेको निकुञ्जको दाबी छ ।

उनीहरुले कहिले प्रहरीलाई सूचना दिए जस्तो गर्ने र गैंडा मार्ने गिरोहलाई धम्काएर खाग बेच्ने काममा संलग्न रहेको जनाइएको छ । प्रहरीको नक्कली हतकडी, बर्दी र नक्कली परिचयपत्रसमेत बनाएर खागको कारोबार गर्ने काममा उनीहरु संलग्न भएको निकुञ्जको भनाइ छ ।

मेखबहादुर नेपाली गैंडाको खाग तस्करीमा पुर्पक्षका लागि थुनामा समेत पुगेका व्यक्ति हुन् । उच्च अदालत पाटनको हेटौंडा इजलासले पाँच लाख धरौटीमा छाडेलगत्तै निकुञ्जले उनलाई पक्राउ गरेको थियो । २०७६ साल भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले बयस्क गैंडाको खाग किनबेचमा मेखबहादुर संलग्न भएको निकुञ्जको अनुसन्धानबाट खुलेको छ । उनलाई सोमबार नै नवलपुर जिल्ला अदालत समक्ष पेश गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

गत वर्ष तस्करहरुले चितवन राष्ट्रिय निकुञ्जमा चार गैंडा मारेका थिए । चालु आर्थिक वर्षमा एउटा गैंडा मारेका छन् । यी घटनामा संलग्न भएका तीन दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको निकुञ्जले जनाएको छ । निकुञ्जले अदालतले गैंडा तस्करीमा संलग्नहरुलाई धरौटीमा छाड्ने गरेकोमा असन्तुष्टिसमेत जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?