+
+

टंकप्रसाद रमादेवी पाठक पुरस्कार पत्रकार भण्डारीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २१:१९

७ भदौ, काठमाडौं । हेम–सरिता फाउण्डेशनले २०७७ सालको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दिइने भएको छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारीलाई दुई हजार अमेरिकी डलर राशिको पुरस्कार दिन लागिएको हो ।

हेम–सरिता फाउण्डेशनले सुशासन एवं भ्रष्टाचारविरुद्ध कलम चलाउने तथा श्रव्यदृश्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई यो पुरस्कारद्वारा सम्मानित गर्ने गरेको छ । एक दशक अघि स्थापित यो पुरस्कारबाट पत्रकार जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रवीन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन् ।

यस वर्ष तीर्थ कोइरालाको संयोजनमा पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो । अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् ।

टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार कोभिड-१९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिति सामान्य हुनासाथ पुन शुरु गरिने फाउण्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?