+
+

उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते ८:००

८ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ । बैठकको सिफारिसअनुसार निर्णय हुने उनले बताए ।

हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष छ । त्यसैले यो नियमलाई निरन्तरता दिने प्रशासनको तयारी छ । अन्य प्रावधानमा खासै फेरबदल नहुने स्रोतले अनलाइनखबरलाई बताए ।

हाल सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ । प्रशासनले जात्रा, महोत्सवमा पनि निषेध गरेको छ, तर यो गतिविधि भने रोकिएको छैन । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन-पाठन निषेध छ । मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?