+
+

जिल्ला सभापतिहरुको धर्नामा गोपालमानको ऐक्यबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १३:४१

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको धर्ना नेता गोपालमान श्रेष्ठले पनि ऐक्यबद्धता जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर श्रेष्ठले धर्नामा ऐक्यबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै पौडेल पक्षका जिल्ला सभापतिहरुले आजबाट धर्ना सुरु गरेका छन् ।

नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले माग सम्बोधन नभएसम्म धर्ना जारी रहने बताए ।

जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानविन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् ।

यसअघि जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई माग सम्बोधनका लागि भदौ ७ गतेसम्मको समयसीमा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?