+
+

कोशी अस्पतालको शौचालयमा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १४:३९

८ भदौ, विराटनगर । कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् ।

ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ ।

ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा नगरपालिका-३ का ६१ वर्षीय होमराज पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

डीएसपी दीपक श्रेष्ठले मृतक सुनसरीबाट थप उपचारका लागि कोसी अस्पताल आएको हुनसक्ने बताए । मृतकको साथमा मधुमेह लगायतका रोगका औषधि पनि फेला परेको छ । प्रहरीका अनुसार मृतकका आफन्त सम्पर्कमा आइपुगेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?