+
+

वर्षान्तमा वैदेशिक ऋण लिँदा थपियो मासिक ५ करोड भार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १५:११

८ भदौ, काठमाडौं । कोभिड महामारीसँग लड्न सरकारले लिएको ऋण समयमै खर्च गर्न नसक्दा ढुकुटीमा अतिरिक्त व्ययभार थपिएको छ । आर्थिक वर्ष २०७६/७७ को अन्तिममा लिएको अण सो आर्थिक वर्ष भित्र खर्च गर्न नसक्दा ऋणमा लाग्ने सेवा शूल्क र ब्याजका कारण मासिक ४ करोड ६५ लाख रुपैयाँसम्म अनावश्यक भार थपिएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ ।

सरकारले मित्र राष्ट्रहरुसँग विश्व बैंक, एसियाली विकास बैंक र अन्य अन्तर्राष्ट्रिय दाताबाट ऋण लिएको थियो । त्यसमध्ये जेठ र असारमा मात्र चार वटा ऋण सम्झौता गरि ७८ अर्ब २४ करोड ७८ लाख रुपैयाँ ऋण लिएको थियो ।

यो ऋण एसियाली विकास बैंक, विश्व बैंक र आइएमएफबाट ल्याइएको थियो । तर, यो रकम संघीय संचित कोषमा राखिएन । यसलाई छुट्टै खाता खोलेर राखेको पाइएको छ ।

यो रकमबाट सरकारले सो आवमा २२ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ खर्च गर्न सकेको छ । तर, ५५ अर्ब ८२ करोड २९ लाख रुपैयाँ भने लक्ष्य अनुसार खर्च गर्न सकेन ।

सोहीकारण ऋण उपयोग नगरि थन्काएर राखेको अवधिको सेवा शूल्क तथा ब्याजसमेत गरि सरकारलाई मासिक करीव ५ करोड रुपैयाँ व्ययभार थप भएको हो ।

महालेखा परीक्षक कार्यालयले अगि्रम ऋण लिएर खर्च नगरी राख्नु भदा उपयोग भएपछि ऋण कायम हुने गरि ऋण लिन र लिएको ऋणलाई प्राथमिकता क्षेत्रमा मात्र उपयोग गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?