+
+

साइबर अपराध मुद्दामा युट्युबर देउजाले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १८:१७

८ भदौ, वीरगञ्ज । साइबर अपराध मुद्दामा युट्युबर सन्तोष देउजाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो ।

न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए ।

देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित कपुरबोट युट्युब च्यानलका प्रबन्ध निर्देशक समेत हुन् । देउजाले डा. नीलमकुमारी साह र डा. राजेशकुमार साह दम्पतीको झगडाको विषयमा युट्युब च्यानलमा अन्तर्वार्ता प्रसारण गरेका थिए ।

अन्तर्वार्ताको विषयमा असन्तुष्टि जनाउँदै डा. नीलम र उनका बुवा निरञ्जनप्रसाद साहले देउजाविरुद्ध मुद्दा दायर गरेका थिए । हिरासत नबसी लुकेर बसेका देउजाले २०७६ कात्तिक १४ गते अदालत पुगेर २५ हजार रुपैयाँ धरौटी बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?