+
+

मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १७:२५

९ भदौ, गोरखा । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘साउन ३० गते वडा कार्यालयमा जनप्रतिनिधिसहित सरोकारवालाहरुसँग बैठक बसेका थियौ,’ उनले भने, ‘मन्दिर नखुलेपनि केबलकार सञ्चालन गर्ने कुरामा सबै सहमत हुनुभयो ।’

प्रशासनसँग आवश्यक समन्वयका लागि मनकामना मन्दिर क्षेत्र विकास समितिलाई जिम्मा दिइएको उनले जानकारी दिए ।

सरकारले लकडाउन नगरेमा भदौ १५ बाट केबलकार सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए । ‘असार महिनादेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आइसक्यो, सार्वजनिक यातायात लगायतका अन्य क्षेत्रहरु पनि खुलिसके, ११ गतेपछि गोरखाको निषेधाज्ञा पनि केही खुकुलो होला, सबै क्षेत्र खुलिसक्यो केबलकार मात्र के बन्द गर्ने भनेर सञ्चालन गर्न लागेका हौ,’ उनले भने ।

केबलकार सञ्चालनका लागि आवश्यक मर्मतको काम पनि अघि बढाइने उनले जानकारी दिए । ‘भोलिबाटै हामी केबलकार मर्मतकाे काम शुरु गर्छाै,’ उनले भने ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत वैशाख १६ गतेदेखि केबलकार बन्द छ । तीन महिनाको अवधिमा करिब दश करोड रुपैयाँ घाटा भएको प्रालिले जनाएको छ ।

‘केही नभएपनि दैनिक एक हजार यात्रु केवलकार चढ्थे, तर कोरोनाले गर्दा तीन महिनाभन्दा बढी समयदेखि केबलकार बन्द छ,’ उनले भने । कोरोनाको पहिलो लहरमा पनि करिब ९ महिना केबलकार बन्द रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?