+
+

पानीजहाज कम्पनी खोल्न आवश्यक छैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १५:४२
फाइल तस्वीर

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् ।

नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उनले भने, ‘सडक सञ्जाल विस्तारमा जोड दिन्छौं ।’

हावादारी योजना आफूहरुको प्राथमिकतामा नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?