+
+

साफ च्याम्पियनसिपअघि कतारमा नेपाली टिमको बन्द प्रशिक्षण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १९:०१
फाइल तस्वीर

१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपअघि कतारमा बन्द प्रशिक्षण गर्ने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालको बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको छ ।

एन्फाका अनुसार नेपाली टिम सेप्टेम्बर १० मा दोहा प्रस्थान गर्नेछ । आगामी अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा क्याम्प राख्न लागिएको एन्फाले जनाएको छ ।

साफ अक्टोबर १ देखि १६ सम्म हुनेछ । एन्फाका अनुसार अहिले प्रशिक्षणमा रहेका २५ खेलाडी नै कतार जानेछन् । कतारबाटै नेपाली टोली सेप्टेम्बर २७ मा माल्दिभ्स जानेछ ।

नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । साफको तयारीकै क्रममा नेपालले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ मा खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?