+
+
गुणस्तरहीन बटर बिक्री प्रकरण :

अख्तियारले थाल्यो डीडीसी र खाद्य प्रविधि विभागमाथि अनुसन्धान

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ १० गते १९:५९

१० भदौ, काठमाडौं । गुणस्तर खस्किएको बटरबाट बनेको घिउ बिक्री प्रकरणमा दूग्ध विकास संस्थान (डीडीसी) र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अखाद्य प्रमाणित नौनी घिउ पूर्ण सरकारी स्वामित्वको संस्था डीडीसीले जनतालाई बेचेको खुलासा अनलाइनखबरले गरेको थियो ।

उपभोग्य मिति सकिएको बटर बिक्रीबारे डीडीसी र नियमकारी भूमिका रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कमजोरीमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

बटर बिक्री प्रकरणसँग जोडिएको डीडीसी र खाद्यको सबै कागजात नियन्त्रणमा लिइएको पनि उनले बताए । ‘बटर बिक्री प्रकरणमा डीडीसी र खाद्यको कागजात नियन्त्रणमा लिएर अनुसन्धान थलिएको छ,’ अख्तियारका सहसचिव एवं प्रवक्ता रिसालले भने । उपभोक्ता स्वास्थ्य र सरकारी स्वमित्वको डीडीसीको लोकप्रियातामाथि आँच पुर्‍याएकोबारे डीडीसी र नियमनकारी निकाय खाद्यको भूमिकामाथी अनुसन्धान हुने अख्तियारले जनाएको छ ।

सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको थियो । संस्थानको बालाजु प्लान्टको भण्डारणमा रहेको उक्त बटर डीडीसीले खाद्यको अस्वीकृतिका बाबजुत घिउ बनाएर उपभोक्तालाई बिक्री गरेको थियो ।

करिब १६ करोड रुपैयाँ बराबरको उक्त बटर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाको अनुगमनमा म्याद गुज्रिएका अवस्थामा फेला परेको थियो । तर, खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले ९४ हजार किलो बटर मात्रै अखाद्य भन्दै गत असारमा डीडीसी विरुद्ध काठमाडौं जिल्ला प्रशासनमा मुद्धा दायर गरेको थियो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?