+
+

इन्स्टाग्राममा प्रियंका र अदितीमा को लोकप्रिय ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते ११:०७

नेपाली चलचित्रका कलाकारहरुको लोकप्रियताको मापन सामाजिक संजालले पनि गर्ने गर्दछ । सामाजिक संजालमा कलाकारले पाएको फलोअर्सको आधारमा पनि उनीहरुलाई दर्शकले कती रुचाउँछन् भनेर अनुमान गर्न सकिन्छ । उसो त, इन्स्टाग्राममा फलोअर्स लाखौ फलोअर्स कमाएका कलाकारको चलचित्रले बक्स अफिसमा गतिलो व्यापार गरेका रेकर्ड भने छैनन् ।

नायिका प्रियंका कार्कीको फलोअर्स १० लाख भन्दा माथि छ । नेपाली चलचित्रमा सबैभन्दा पहिले इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने नायिका हुन् प्रियंका । प्रियंका आमा बन्ने खबर सार्वजनिक भएसँगै उनको चर्चा पनि चुलिएको छ । विगत केही महिनादेखि सामाजिक संजालमा उनी छाएकी छिन् । तर, प्रियंकाको फलोअर्स इन्स्टाग्राममा चर्चा भए अनुसार नबढेको देखिन्छ ।

बरु, उनलाई नायिका अदिती वुढाथोकीले ठूलै अन्तरले उछिनेकी छिन् । किनकी, प्रियंकाको १० लाख फलोअर्स पुगेको २ दिनपछि अदितीलाई पछ्याउनेको संख्या पनि १० लाख पुगेको थियो । तर, अहिले अदितीलाई इन्स्टाग्राममा १६ लाख भन्दा बढीले पछ्याएका छन् । तर, प्रियंकाको फलोअर्स भने खासै बढेको पाइदैन ।

अदिती पनि सामाजिक संजालमा विकिनी तस्वीर पोष्ट गर्न अगाडि छिन् । नेपालसँगै भारतीय दर्शकलाई समेत फ्यान बनाएका कारण पनि अदितीको फलोअर्स उच्च देखिएको धेरैको विश्लेषण छ । यी दुई बाहेक अन्य नायिकाहरुको फलोअर्स १० लाख भन्दा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?