+
+

१८ गते सबै वडामा अधिवेशन हुनुपर्छ : पौडेल समूह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते ११:३७

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने पौडेल समूहका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment