+
+

काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएपछि अष्ट्रेलियाले रोक्यो उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १२:२७

११ भदौ, काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो ।

आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले काबुल विमानस्थलमा आक्रमण हुनुभन्दा केही समय पहिला नै सबै अष्ट्रेलियाली सैनिक फिर्ता आइसकेको र अब उद्धार कार्य जारी राख्नु सुरक्षित नहुने बताएका छन् ।

उनले अब उद्धारपछिको अवस्थामा मानिसहरुलाई आधिकारिक मानवीय कार्यक्रममार्फत फिर्ता ल्याइने बताएका छन् । मौरिसनले अहिले पनि अफगानिस्तानमा अष्ट्रेलियाको भिसा भएका मानिसहरु रहेको बताएका छन् । यद्यपि यस्ता मानिसको संख्या कति छ भन्ने यकिन छैन । मौरिसनका अनुसार पछिल्लो ९ दिनमा अष्ट्रेलियाले अफगानिस्तानबाट ४१ सय अफगानी नागरिक तथा अष्ट्रलियाको भिसा भएका मानिसको उद्धार गरेको छ ।

केही मुलुकले आक्रमणपछि अफगानिस्तानबाट उद्धारको कार्य रोकेका छन् । तर, पश्चिमा सुरक्षा अधिकारीले भने आक्रमणपछि उद्धारकार्यमा तीव्रता दिइएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?